केरुङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने, परराष्ट्रले थाल्यो पहल

Jasus Khabar 3925+ समाचार ( )
१ श्रावण २०८२

चीनको केरुङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ ।

२४ असारमा ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएपछि केरुङमा नेपालीहरू अलपत्र परेका छन् । अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काउने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयमार्फ चीन सरकारलाई अनुरोध गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

उनका अनुसार केरुङमा १२ सय नेपाली अलपत्र परेका छन् । केरुङमा रहेका नेपालीको भोजन एवं आवासको प्रबन्ध चिनियाँ पक्षले गरिरहेको छ । अलपत्र परेकोमा मालवाहक सवारी साधनका चालक तथा सहचालक गरी ९१ जना छन् ।

कामको सिलसिलामा त्यहाँ रहेका ११७ जनाले पनि घर फर्कने प्रबन्धका निम्ति प्रमुख जिल्ला अधिकारीसमक्ष आग्रह गरेका छन् ।
 

प्रतिक्रिया