अविरल वर्षाका कारण चन्द्रागिरी नगरपालिका वडा नं. २ मसिनेमा आएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ। मृतकहरूमा ३९ वर्षीया गर्वे तामाङ र उनकी ३६ वर्षीया श्रीमती सविना तामाङ रहेका छन्।
>
>
पहिरोमा परि गर्वे तामाङकी आमा ठूलीमाया तामाङ र छोरी बिनिसा घाइते भएका छन्। घाइतेको उपचार हाल एपीएफ अस्पताल सतुङ्गलमा भइरहेको छ।>
>
स्थानीय प्रशासन र सुरक्षाकर्मीले उद्धार र राहत कार्यलाई प्राथमिकता दिएका छन्।>>