रसिया-युक्रेन युद्ध: आर्थिक रुपमा सुरक्षित हुन नेटो प्रयोग गर्दै ट्रम्प

Jasus Khabar 3925+ समाचार ( )
३१ आषाढ २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यूक्रेनलाई अत्याधुनिक हतियार पठाउने घोषणा गरे। तर उनले यो घोषणा गर्दै गर्दा आर्थिक रुपमा अमेरिकालाई फाइदाजनक निर्णय गर्न पनि चुकेनन्।

अर्थात ट्रम्पले युक्रेनलाई घातक हतियार त उपलब्ध गराउने छन् तर नाटोको थ्रु बाट अर्थात त्यसको पैसा भने नाटोले तिर्नु पर्ने छ। अमेरिकाले यूक्रेनमा पठाउने भनिएको ‘उच्चस्तरीय अत्याधुनिक हतियारहरु’ नेटो राष्ट्रमार्फत पठाउने छ।

यसको सोझो अर्थ यी मँहगो मूल्यका हतियारहरुको पैसा उनले युक्रेनसँग होइन नाटोसँग लिने छन्। यसअघि अमेरिकाले हतियार सिंधै युक्रेन पठाउने गर्थ्यो। पछिल्लो समय युक्रेनको खस्कँदो आर्थिक अवस्था प्रति जानकार ट्रम्पले अब नाटोलाइ प्रयोग गरेर आर्थिक दायित्वमा आफू मञ्जबुत हुने विकल्प रोजेका छन्।

त्यसो त ट्रम्पले ५० दिनभित्र युद्ध अन्त्य गर्ने सम्झौता नभएमा, रूसमाथि गम्भीर आर्थिक शुल्क (ट्यारीफ) लगाइने चेतावनी पनि दिएका छन्। तर यो केवल रणनितिक मात्र भएको जानकारहरु बताउँछन्। उनले भने ‘हामी सुनिश्चित गर्न चाहन्छौं कि यूक्रेन जे गर्न चाहन्छ, त्यो गर्न सकोस्।’

अमेरिका नेटोको माध्यमबाट यूक्रेनलाई आवश्यक सबै चीजहरू ‘बृहत्त रूपमा आपूर्ति गर्ने’ निर्णयमा पुगेको छ। यो सम्झौतासँगै ट्रम्पले यो युद्धलाइ अव अमेरिकी सहयोग भन्दा पनि हतियार बेचेर पैसा कमाउने विकल्पमा प्रयोग गरेका छन्।

यसको सिंधा आर्थिक दायित्व यूरोपेली राष्ट्रहरूले बेहोर्ने छन्। युरोपेली देशहरूले युक्रेनलाई आफ्नै प्याट्रिओट हवाई रक्षा प्रणाली (प्याओट एयर डिफेन्स सिस्टम) उपलब्ध गराउने छन्।

जसले रुसका घातक हवाई आक्रमणहरू रोक्न युक्रेनलाई सहयोग गर्ने विश्वास गरिन्छ। त्यसको प्रतिस्थापन अमेरिकाले गर्ने छ तर युरोपेली राष्ट्रहरुले पैसा तिरेर उक्त सिस्टम किन्नु पर्ने छ।

ट्रम्पले किभतर्फ पठाइने हतियारहरूको विस्तृत विवरण नदिए पनि नाटो प्रमुख रुटेले सम्झौतामा ‘मिसाइल र गोला-बारुद’ समावेश रहेको बताएका छन्। साथै अब ट्रम्पले मँहगा हतियारहरुबाट सोझो फाइदा उठाउने रणनिति अख्तियार गरेका छन्।

राष्ट्रपति ट्रम्पले नेटो प्रमुखसँगको सम्झौता पछि भने ‘अरबौं डलर बराबरका अत्याधुनिक हतियारहरू छिट्टै युद्धभूमिमा पठाइनेछ, जसले युक्रेनलाई बलियो समर्थन गर्ने छ।’ यी दुइले भ्लादिमिर पुटिनको ठाउँमा आफू भएको भए गम्भिर वार्ता गरेर समस्या समाधान गर्न अग्रसर हुने बताएका थिए।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक्समा लेखे कि उनले ट्रम्पसँग रुटेसँगको भेटपछि कुराकानी गरेका थिए, र युक्रेनलाई समर्थन गर्न तयार देखिएकोमा धन्यवाद दिए।

उनले भने ‘हामीले जनतालाई रूसी आक्रमणबाट जोगाउन र आफ्नो अवस्था अझ सुदृढ बनाउन आवश्यक उपाय र समाधानहरूबारे ट्रम्पसँग छलफल गर्यौं। हामी दीगो र न्यायपूर्ण शान्तिका लागि सकेसम्म प्रभावकारी रूपमा काम गर्न तयार छौं।’

अमेरिका र नाटोबिचको यो सहमतिका बारेमा रसियाले भने केही उल्लेख गरेको छैन। तर अमेरिकाले सिंगो युरोपको आर्थिक अवस्थालाई अब विस्तारै युक्रेन युद्धमा धकेल्न सुरु गरेको कति पय विश्लेषकले बताउने गरेका छन्।

यसले समग्र युरोपको आर्थिक सन्तुलन खल्बल्याउन सक्नेछ। यसमा रसियाको भूमिका पनि कस्तो हुन्छ। त्यसमा निर्भर हुने विश्लेषकहरु बताउँछन्।

प्रतिक्रिया