हरिनगरबाट गाँजा सहित १ जना पक्राउ

Jasus Khabar 3945+ समाचार ( )
४ वैशाख २०८२

अजमल अन्सारी

सुनसरी । प्रतिबन्धित लागुऔषध गाँजा सहित एकजनालाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरीको हरिनगर गाउँपालिका-४ हरिनगरा बजार स्थितबाट लागुऔषध गाँजा सहित पक्राउ गरेको हो ।


प्रहरीका अनुसार पक्राउ पर्नेमा सप्तरी कञ्चनपुर घर भई हाल सुनसरी बराहक्षेत्र नगरपालिका-६ चक्रघट्टी बस्ने बर्ष २४ को राजेश मुखिया रहेको प्रहरीले जनाएको छ । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरी गस्ति टोलिले चेकजाँच गर्ने क्रममा मुखियालाई गाँजासहित नियन्त्रणमा लिएको हो ।


जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार नम्बर नखुलेको रातो कालो रंगको पल्सर मोटरसाइकललाई रोकेर चेकजाँच गर्न खोज्दा नरोकि भागेकोमा खोजतलास गर्दै हरिनगरा बजार स्थितमा स्थानियको सहयोगमा २४ केजी लागू औषध गाँजासहित एकजना पक्राउ परेको र चालक फरार रहेको जनाएको छ ।


पक्राउ परेका मुखियालाई हिरासतमा राखि थप अनुसन्धान भईरहेको र फरार रहेको चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार