प्यालेस्टाइनी लडाकु समूह हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनीलाई इजरायलले आफ्नो मुलुक लैजाने तयारी गरेको छ ।>
इजरायलको किबुजबाट सन् २०२३ अक्टोबर ७ मा हमासले अपहरण गरेका विपिनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन आमा पद्मा र बहिनी पुष्पालाई लैजाने तयारी गरेको हो ।>
आमा पद्मा र बहिनी पुष्पालाई नेपालस्थित इजरायली दूतावासले आगामी सोमबार इजरायल लैजाने तयारी गरेको विपिनका दाइ (ठूलो बुवाका छोरा) किशोर जोशीले जानकारी दिए ।>
‘एम्बेसीले सोमबारको टिकट काटेको छ । आन्टी (काकी) र बहिनीलाई इजरायल लैजाने भनिएको छ,’ उनले खबरहबसँग टेलिफोनमा भने, ‘१०–१५ दिन अगाडि बोलाउनुभएको थियो । सबै डकुमेन्ट (कागजपत्र) तयार भइसकेको छ ।’>>