बागमती प्रदेशबाट बाहिरियो एमाले

Jasus Khabar 1+ समाचार ( )
१० चैत्र २०७९

नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ।

एमाले बागमती प्रदेशसभाका संसदीय दलका नेता जगन्नाथ थपलियाले शुक्रबार प्रदेश सभाको बैठलाई सम्बोधन गर्दै एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको घोषणा गरेका हुन्।

नेता थपलियाले एमालेका मन्त्रीहरुले आजै प्रदेशसभा बैठक पश्चात मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने बताएका छन्।

गत पुस २५ गते संसदीय दलका नेता जम्कट्टेल नेतृत्वमा प्रदेश सरकारमा ४ जना मन्त्रीसहित एमाले सहभागी भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार