झापाको दमकमा एक महिलाद्वारा आत्मदाहको प्रयास

Jasus Khabar 3959+ समाचार ( )
३ भाद्र २०८२

झापाको दमकमा एक महिलाले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएर आत्मदाहको प्रयास गरेकी छन्।

सोमबार दिउँसो करिब ४:३० बजे दमक नगरपालिका-१, भानुभक्त चोककी ३० वर्षीया महिलाले आफ्नै घरको दोस्रो तलामा रहेको कोठाको ढोका थुनेर शरीरमा पेट्रोल छर्की आगो लगाएको प्रहरीले जनाएको छ।

आगलागीबाट गम्भीर घाइते भएकी उनलाई तत्काल दमक अस्पताल लगिएको थियो।

त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया