रास्वपाको सचिवालय बैठक बस्दै

Jasus Khabar 3925+ समाचार ( )
१९ आषाढ २०८२

आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ। बैठक कार्यवाहक सभापति डीपी अर्यालको आह्वानमा बिहान ११ बजे बस्न लागेको हो।

बैठक केन्द्रीय कार्यालय वनस्थलीस्थित चःमतिमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए।

झाका अनुसार बैठकमा समसामयिक राजनीति, पार्टीभित्रको आन्तरिक छलफलका साथै आगामी कात्तिक १७ गते रूपन्देही-३ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनबारे छलफल हुनेछ।

प्रतिक्रिया