झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । >
कचनकवल गाउँपालिका-७, सीतागढी टोलमा सिँचाइको मोटरमा विद्युतीय तार जोड्ने क्रममा करेन्ट लागेर ५० वर्षीय अरुण राजवंशीको मृत्यु भएको हो ।>
करेन्ट लागेर गएराति राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।>>