सुनको मूल्यमा नयाँ रेकर्ड, दुई लाख २१ हजार नाघ्यो

Jasus Khabar 3925+ समाचार ( )
७ अशोज २०८२

स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा तीन हजार ९०० रुपैयाँ बढेर दुई लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च हो। हिजो सुन तोलामा दुई लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ बढेर दुई हजार ६८० रुपैयाँ पुगेको छ। यो पनि हालसम्मकै उच्च हो। हिजो चाँदीको मूल्य तोलामा दुई हजार ६५० रुपैयाँ थियो।

प्रतिक्रिया