विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै

Jasus Khabar 3925+ समाचार ( )
४ आषाढ २०८२

 बाजुराको बडीमालिका नगरपालिका– २ स्थित सत्यवादी माध्यामिक विद्यालयले सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

गएको शैक्षिक सत्रबाट विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत कृषि खेती सुरु गरिएको प्रधानाध्यापक मानबहादुर हमालले जानकारी दिए । उनका अनुसार अभिभावकको मञ्जुरी र विद्यार्थीको सहमतिका आधारमा खेतीमा आवद्ध गराएको बताए ।

कक्षा ७ देखि १० सम्मका ४५ जना बालबालिका कृषि खेतीमा आवद्ध छन् । बडीमालिका– २ वडाको गौरवको योजना अन्तर्गत मौसमी, बेमौसी तरकारी, आलु, प्याजसहितको खेती सुरु गरिएको वडाअध्यक्ष डम्मर महतले बताए ।

विद्यालयमा २ सय बढी विद्यार्थी अध्ययनरत छन् । ती मध्ये सहमत भएका ४५ जनालाई मात्रै सहभागि गराइएको हो ।

प्रतिक्रिया