ज्ञानेन्द्र शाहीका टिप्पणीप्रति पूर्व राज्यमन्त्री जाकिर हुसैनको प्रतिक्रिया

Jasus Khabar 3925+ समाचार ( )
११ वैशाख २०८२

काठमाडौं,  — नेपाली मुस्लिम समुदायबारे राप्रपा प्रवक्ता तथा प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले दिएको विवादास्पद अभिव्यक्तिपछि पूर्व राज्यमन्त्री तथा संविधान सभा सदस्य मोहम्मद जाकिर हुसैनले प्रेस विज्ञप्ति जारी गर्दै ती टिप्पणीहरूलाई "कपोलकल्पित, अनर्गल र साम्प्रदायिक" भन्दै गम्भीर आपत्ति जनाएका छन्।


हुसैनले भनेका छन् कि मुस्लिम आयोगले धारणा राख्नेभन्दा पनि कूटनीतिक विषयमा परराष्ट्र मन्त्रालयले धारणा राख्नुपर्ने हुन्छ। तथापि, हाल कश्मीर घटनामा नेपाली नागरिकको मृत्यु र त्यसलाई लिएर भइरहेका प्रदर्शनको सन्दर्भमा आयोगको धारणा सार्वजनिक गर्नु प्रासङ्गिक नै हुने तर्क पनि उनले राखेका छन्।


तर, शाहीको भनाइप्रति आपत्ति जनाउँदै हुसैनले मुस्लिम आयोगमा सरकारले अरबौं खर्च गरेको भन्ने दावीलाई "झूट, मिथ्या र कलुषित भावना" को उपज भनेका छन्। उनले महालेखा परीक्षकको प्रतिवेदन बिना हचुवाका भरमा टिप्पणी गर्नु सम्मानित पदाधिकारीका लागि शोभनीय नहुने उल्लेख गरेका छन्।


हज समितिबाट प्राप्त अनुदानबारे पनि उनले स्पष्ट पार्दै भने, "यो नेपाली मुस्लिमको भीख होइन, संविधानले प्रत्याभूत गरेको मौलिक अधिकार हो।"


हुसैनले नेपाली मुस्लिम समुदायको ऐतिहासिक योगदानलाई स्मरण गराउँदै भने, “गोरखा राज्यको विस्तारदेखि कान्तिपुरको अर्थतन्त्र, कूटनीति, संस्कृति, कानुन निर्माण र शासनमा मुस्लिम समुदायको ऐतिहासिक भूमिका रहेको छ।” उनले नेपाल बहुधार्मिक, बहुजातीय, बहुसांस्कृतिक राष्ट्र भएको र नेपाली मुस्लिम कुनै आगन्तुक नभई देश निर्माणमा योगदान गर्ने समुदाय भएको बताए।


शाहीद्वारा “९७% हिन्दूहरूको देश” भन्ने अभिव्यक्तिको विरोध गर्दै हुसैनले नेपाली समाज बहुलवादी भएको र संविधानले समेत धर्मनिरपेक्षताको व्यवस्था गरेको स्मरण गराएका छन्। उनले शाहीलाई सोधेका छन्, "तपाईं कसलाई उक्साउन खोज्दै हुनुहुन्छ?"


कश्मीर घटनाबारे नेपाली सरकारले धारणा स्पष्ट गरिसकेको उल्लेख गर्दै हुसैनले भने, “यदि धर्मको नाममा हिंसा भएको हो भने त्यो घृणित र अमानवीय हो, र दोषीलाई कानूनअनुसार कारबाही गर्नुपर्छ।” उनले जोड दिए — “आतङ्ककारीको कुनै धर्म हुँदैन, नेपाली मुस्लिम कुनै पनि आतङ्कवादको पक्षमा छैन, न हुनेछ।”


समाप्तिमा, हुसैनले सबै नेपालीलाई शान्ति, सद्भाव र एकताको पक्षमा उभिन आह्वान गर्दै भने, “हामी सबैको रगत बगेर बनेको हो यो नेपाल — तोड्ने होइन, जोड्ने काम गरौं।”

प्रतिक्रिया

Bart Governor १५ वैशाख २०८२, सोमबार

Hey there, I know things are tough right now, so I’m offering a no-strings-attached opportunity: a free outreach blast to 50,000 contact forms. This is the same system I use to generate leads for my clients, and I’m offering it to help businesses stay visible during the slowdown. Simply visit https://free50ksubmissionsoffer.my and I’ll take care of the rest. No strings attached. Just a way to support your business during tough times.

Clarissa Matteson १३ वैशाख २०८२, शनिबार

Did you know you can reach millions without worrying about ad rejections? With our service, you can send your message directly to website contact forms. Run the ads you want, anytime. Let’s discuss how I can help—find my contact info below. Regards, Clarissa Matteson Email: Clarissa.Matteson@getmoreleads.top Website: https://ads-with-no-boundaries.my

Jalil Ansari १२ वैशाख २०८२, शुक्रबार

Jakir sir tapain KO bichar abhibyakti ati sandarbhik cha thank you so much

Tere ram ko ११ वैशाख २०८२, बिहीबार

Gyanendra sai ko munhtod jawab Diya Gaya aur hathua ke Bhar mein koi baat nahin bolna chahie gyanendra sai ko chahie ki desh mein aml v shanti ka bhaichara ka paigam dena chahie na ki ek aapas mein ladane ka kam Nahin Karna chahie