बिराटनगर ९ स्थित एल्जा मेतुल गाउसिया अनिसुल उलुम मदरसाले २०८१ साल पौ ष ११ गते भव्य दीक्षान्त समारोह आयोजना गर्ने भएको छ। कार्यक्रममा १४ देखि २० वर्षसम्मका २० बालकलाई उर्दु भाषा कण्ठ गर्न सफल भएमा विशेष सम्मान प्रदान गरिनेछ। हालसम्म मदरसाबाट ५ जना बालकले उर्दु कण्ठ गर्न सफल भइसकेका छन्।>
दीक्षान्त समारोहमा नेपाल र भारतका प्रतिष्ठित मौलानाहरूको उपस्थितिको साथै मुस्लिम समुदायका अगुवा, सदस्य, र स्थानीय बासिन्दाहरूको ठूलो सहभागिता हुने अपेक्षा गरिएको छ। करिब ३,००० व्यक्तिको उपस्थिति रहने अनुमान गरिएको यस कार्यक्रममा धार्मिक शिक्षाको महत्व र मार्गदर्शनबारे विद्वान मौलानाहरूले प्रवचन दिनेछन्। कार्यक्रमका मुख्य आकर्षणहरूमा शैक्षिक प्रमाणपत्र वितरण, उर्दु भाषा कण्ठ गरेका विद्यार्थीहरूको सम्मान, र नेपाल(भारतका मौलानाहरूको प्रेरणादायक सम्बोधन समावेश छन्। कार्यक्रमबारे बोल्दै राजा अन्सारीले दीक्षान्त समारोहमा सहभागी हुन सबैलाई आग्रह गर्नुभएको छ। >
बिराटनगर ९ को दर्जी पाटीस्थित मदरसामा आयोजना हुने यस विशेष कार्यक्रममा धार्मिक शिक्षाको प्रवर्द्धनका लागि उत्साहजनक उपस्थिति र सहभागिता रहने अपेक्षा गरिएको छ। यो दीक्षान्त समारोहले धार्मिक शिक्षाको महत्वलाई उजागर गर्दै समुदायको शैक्षिक तथा सांस्कृतिक प्रगतिमा योगदान पुर्याउने विश्वास गरिएको छ।>>