आजदेखि त्रिदेशीय टी–२० क्रिकेट शृंखला सुरु हुँदैछ ।>
स्कटल्याण्डमा हुने शृंखलाको पहिलो खेलमा आज घरेलु टोली स्कटल्याण्ड र नेदरल्याण्डस् भिड्दै छन् । यो खेल ग्लास्गोमा नेपाली समयअनुसार पौने ७ बजे सुरु हुनेछ ।>
नेपालले आफ्नो पहिलो खेल भोलि सोमबार नेदरल्याण्डस्सँग खेल्नेछ ।>
नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश सिंह र किरण ठगुन्नाले पहिलो पटक मौका पाएका छन् । तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुलशन झा अभ्यास खेलमा घाइते भएकाले टी–२० शृंखला गुमाउने छन् ।>>
>>