सुनचाँदीको मूल्य घट्यो

Jasus Khabar 3925+ समाचार ( )
२९ वैशाख २०८२

आज पनि सुनको मूल्यमा भारी गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेको हो। जसअनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार हुनेछ। यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर सोमबार प्रतितोला १९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया