राजाको पालामा नेतालाई थुनामा राख्दा कसलाई हतकडी लगाइएको थियो ? जवाफ चाहियो: सांसद कार्की

Jasus Khabar 3958+ समाचार ( )
२२ वैशाख २०८२

राप्रपाकी सांसद रोशन कार्कीले पार्टी उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामा राखेको विषयमा संसदमा प्रश्न उठाएकी छन् । उनले राजाको पालामा नेताहरूलाई थुनामा राख्दा हतकडी नलगाएको बताइन् ।

‘राजाको पालामा पनि यहाँ रहेका कैयौँ नेतालाई थुनामा राखिएको थियो । कसलाई हतकडी लगाइएको थियो ? मलाई जवाफ चाहियो,’ कार्कीले भनिन् ।

तग १५ चैतको तीनकुने घटनामा सरकारी पक्षले घुसपैठ गरेको उनले बताइन् । ‘एक जनालाई हतकडी लगाएर ४० दिनसम्म कैद गर्नुलाई सुशासन भनिन्छ ? हाम्रो वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ४० दिनदेखि हिरासतमा हुनुहुन्छ । उहाँले आस्थाको कारणले मात्र मलाई यो सरकारले सुनियोजित ढंगबाट घुसपैठ गराएर त्यहाँ दंगा उत्पन्न गरेर एउटा ढुंगाले धेरैवटा चरा मारेको छ,’ उनले भनिन् ।

रेशम चौधरीलाई बिनाकारण थुनेको विषयमा पनि उनले सुशासनले थुनेको हो भन्ने प्रश्न गरिन् ।

प्रतिक्रिया