भारतले सञ्चालनमा ल्यायो जम्मु-कश्मीर जोड्ने विश्वकै अग्लो रेल पुल

Jasus Khabar 3945+ समाचार ( )
२४ जेठ २०८२

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु-कश्मीरको रियासी जिल्लामा चिनाब नदीमाथि बनेको विश्वकै अग्लो रेल आर्च पुलको शुक्रबार उद्घाटन गरेका छन्।

उनले त्यहाँबाट चिनाब पुल, अञ्जी पुल र कटराबाट कश्मीरसम्मको पहिलो वन्दे भारत रेललाई हरियो झण्डा देखाउँदै सञ्चालनमा ल्याए । प्रधानमन्त्री मोदी २२ अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलापछि पहिलोपटक कश्मीर पुगेका हुन्।

४२ मिनेटको सम्बोधनमा प्रधानमन्त्री मोदीले आतंकवाद, पाकिस्तान, कश्मीरको पर्यटन र विकासबारे बोले । ‘२२ अप्रिलमा पाकिस्तानले पहलगाममा मानवता र कश्मीरीमाथि हमला गर्‍यो। हामीले ६ मेमा त्यसको जवाफ कयामतले दियौं।’

उनले पहलगाममा भएको हमला कश्मीरको आमदानी स्रोत, विशेषगरी पर्यटकहरूमाथि लक्षित रहेको बताए । उक्त आम्दानीले स्थानीय मजदुर र व्यवसायीको रोजगारी धानेको पनि उनले उल्लेख गरे ।

प्रतिक्रिया