सुनको भाउ बढ्यो, तोलाको १ लाख ६७ हजार २ सयमा कारोबार

Jasus Khabar 1+ समाचार ( )
९ मंगशिर २०८१

पछिल्लो एक सातादेखि सुनको भाउ निरन्तर बढिरहेको छ । आज आइतबार तोलामा १ हजार ७ सय रुपैयाँ बढेको छ ।

स्थानीय बजारमा छापावाल सुन तोलाको १ लाख ६७ हजार २ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुनको भाउ तोलाको १ लाख ६५ हजार ५ सय रुपैयाँ थियो ।

त्यसैगरी चाँदीको भाउ २० बढेर तोलाको १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तोलाको १ हजार ९ सय ४० थियो ।


प्रतिक्रिया