वडा सचिव मदन यादवले गरे दहैज विनाको आर्दश विवाह

Jasus Khabar 3925+ समाचार ( )
३० फाल्गुन २०८१

सुनसरी -  बर्जु गाउँपालिकामा एक युवाले विना दाइजो आदर्श विवाह गरेका छन् । बर्जु गाउँपालिका वडा नं.५ अमाहिबेलाहाका नायव सुब्बा मदन कुमार यादवले विना दाइजो विवाह गर्नुभएको हो

 समाजलाई सकारात्मक सन्देश दिन आदर्श विवाह बन्धनमा बाँधिएको हरिनगर गाउँपालिका वडा नम्बर २ का वडा सचिव रहनुभएको यादवले बताउनुभयो ।
मधेसी समुदायमा कानुनले प्रतिबन्ध रहेको दाईजोलाई संस्कारकै रुपमा विकास गरेकोमा यादवले आफू विना दाईजो विवाह गरेर यादव समाजलाई सकारात्मक सन्देश दिने काम गरेको बताउनुभयो 

उहाँले समुदायलाई सार्थक सन्देश दिन र पढेकाको विवाहमा खर्च नहुने सन्देश दिदै बिराटनगर महानगरपालिका वडा नम्बर ४ की २२ वर्षीया स्टाफ नर्स मनिषा कुमारी यादवसंग आदर्श विवाह बन्धनमा बाँधिनुभएको हो ।

हाल समाजमा रहेको दाइजो प्रथाको बिकराल अवस्थालाई रोकथाममा योगदान गर्न आदर्श विवाह गरेको उहाँको भनाई छ । अहिलेको समयमा कतिपयले छोरीलाई दाईजो दिन नसकेको अवस्थामा विवाह गर्न नै समस्या रहेको अवस्थामा यादवले समाजलाई सकारात्मक सन्देश दिनको लागि आदर्श विवाह गर्नुभएको हो । समाजमा छोरीलाई दाईजो होइन शिक्षा दिउँ र छोरा सरह छोरीलाई पनि उचित शिक्षा देउँ भन्ने सन्देश प्रवाह गर्ने उदेश्यका साथ आदर्श विवाह गरेको यादवले बताउनुभयो ।

अहिलेको शताब्दीमा छोरीलाई दाईजो होईन, शिक्षा दिए पुग्ने सन्देश दिने गरी मदन यादवले आदर्श विवाहा गरेकोमा नेपाल यादव सेवा समितिका अध्यक्ष देवकृष्ण यादवले विकृति र कुप्रथाका रुपमा रहेको दाईजो हटाउन युवाहरुले यसरी नै आट गर्नुपर्ने प्र्रतिकृया दिनुभयो । समितिका सल्लाहकार जयकृष्ण यादवले यसरी नैं समाजमा छोरीलाई दाईजोबाट मुक्त हुनलाई शिक्षा दिनुपर्ने बताउनुभयो । शिक्षा भए रोजगारी अवसर अवश्य हुने, त्यसेले अवको युगमा छोरीलाई दाइजो होईन शिक्षा दिए पुग्ने यादवले बताउनुभयो । मदन यादवले बिराटनगर महानगरपालिका नम्बर ४ झवरलाल यादवको छोरी मनिषा कुमारी यादव( स्टाफ नर्स) गरि हाल मोरंगको रतुवामाई नगर अस्पतालमा कार्यरतसंग बुधबार राती विवाह गर्नुभएको हो । वडा सचिव यादव स्नातक अध्ययन गरि सरकारी जागिरमा रहनुभएको छ ।

अधिकारकर्मी रमेश भट्टराईले भन्नुभयो, तराईमधेसमा दाइजो प्रथा व्याप्त छ । यहाँ विना दाइजो त विवाहको कल्पनै गर्न सकिँदैन । यस्तो बेला दाइजो विना विवाह गर्नु भनेको सिङ्गो समाजलाई नै चुनौती दिनु हो । मदनले विना दाइजो आदर्श विवाह गरेर दाइजो प्रथालाई चुनौती दिनुभएको छ ।

‘छोराको चाहाना अनुसार नै हामीले आदर्श विवाह गराएका हौं । हामीलाई लाउन खान नपुग्दो छैन ।’ मदनका बुवा चौठी यादव भन्नुहुन्छ, ‘दाइजो प्रथाले हाम्रो समाजलाई कहिल्यै हित गर्दैन । त्यसैले पूरै समाज यसको विरुद्ध लाग्नै पर्छ ।’

बर्जुका समाजसेवी गोविन्द यादवले पनि यो आदर्श विवाहबाट आफूहरुले समाजलाई दाइजो प्रथा विरुद्ध एक जुट हुन शिक्षा दिन खोजेको बताउनुभयो । छोरीलाई दाइजो हैन उचित शिक्षा, दिक्षा दिनुपर्छ भन्दै उहाँले दाईजो प्रथाले कसैको हित नहुने बताउनुभयो

प्रतिक्रिया