सामाजिक सञ्जालका भ्रमप्रति हिलाल पब्लिक माध्यमिक विद्यालयको स्पष्टिकरण

Jasus Khabar 3925+ समाचार ( )
२३ चैत्र २०८२

सुनसरी । हिलाल पब्लिक माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ को नतिजा सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा फैलिएका विभिन्न टिकाटिप्पणी र भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विद्यालय प्रशासनले मिति २०८२ चैत २३ गते जारी गरेको विज्ञप्तिमा नतिजा प्रकाशन पूर्ण रूपमा निष्पक्ष, पारदर्शी र निर्धारित शैक्षिक मापदण्ड अनुसार गरिएको स्पष्ट पारेको छ। केही सामाजिक सञ्जालमा फैलिएका अपूर्ण तथा भ्रामक सूचनाले अभिभावक, विद्यार्थी र सर्वसाधारणमा अन्योल सिर्जना गर्न सक्ने भन्दै यस्ता अपुष्ट जानकारीमा विश्वास नगर्न विद्यालयले आग्रह गरेको छ।

विद्यालयले कुनै पनि जिज्ञासा, गुनासो वा थप जानकारी आवश्यक परेमा सम्बन्धित अभिभावक तथा सरोकारवालाहरूलाई सिधै विद्यालय प्रशासनसँग सम्पर्क गरी यथार्थ बुझ्न अपिल गरेको छ।

साथै, विद्यालयले गुणस्तरीय शिक्षा, पारदर्शिता र विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणप्रति आफूहरू सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै अभिभावक तथा समुदायबाट प्राप्त विश्वास, सहयोग र समझदारीप्रति आभार व्यक्त गरेको छ।

एकै परिवारका दुईजना विद्यार्थीहरु लगातार केहि वर्ष यतादेखि विद्यालयमा प्रथम आइरहेको आरोप लगाएका थिए । विद्यालय र शिक्षकको सेटिङका कारण सोही विद्यार्थीहरुलाई हरेक वर्ष विद्यालयमा प्रथम गर्दै आएको स्थानीयको आरोप छ । 

प्रतिक्रिया