धारिलो हतियार प्रहारबाट एक महिला गम्भीर घाइते

Jasus Khabar 3925+ समाचार ( )
१२ वैशाख २०८२

झापा- झापाको मेचीनगरमा एक पुरुषले धारिलो हतियार प्रहार गरी एक महिलालाई गम्भीर घाइते बनाएका छन्।

मेचीनगर नगरपालिका वडा नम्वर १४ धाइजन बस्ने ३१ वर्षीया पुजा खरेललाई बुधवार साँझ ७ बजेतिर वडा नं. १५ बस्ने अन्दाजी ५० वर्षीय लालबहादुर राजवंशीले मादक पदार्थ सेवन गरी एक्कासी सिक्कल प्रहार गरेका थिए ।

घाइतेलाई चारआलीमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ ।

हतियार प्रहार गर्ने राजवंशीलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ ।

प्रतिक्रिया