जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

Jasus Khabar 1+ समाचार ( )
३ पौष २०८१

जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइलनमा प्रवेश गरेको छ । टीयु क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुरलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम फाइलनमा स्थान सुरक्षित गरेको हो ।

जनकपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८ ओभर ३ बलमा २ विकेट गुमाएर पुरा गर्यो । सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले सर्वाधिक अविजित ५८ रन बनाए । ५५ बलमा उनले ३ चौका र ३ छक्का प्रहार गरे । उनले पहिलो विकेटका लागि सैफ अलि जैवसँग ५६, दोस्रो विकेटका लागि ब्रान्डन म्याकमुलेनसँग ५९ र तेस्रो विकेटका लागि अविजित २६ रनको साझेदारी गरे । सैफ २१ बलमा ३२ रनमा आउट भए । ब्रान्डन १९ बलमा २५ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले १६ बलमा २० रनमा अविजित रहे । बलिङमा जनकपुरका ललित राजवंशी र किशोर महत्तोले एकएक विकेट लिए ।

सुदूरपश्चिमले दोस्रो पटक जनकपुरलाई पराजित गरेको हो । क्वालिफायर वानमा पराजित भएपनि जनकपुरले फाइनल पुग्नका लागि अर्को खेल खेल्ने अवसर पाउनेछ । जनकपुरले अब एलिमिनेटरको विजेता कर्णाली याक्ससँग बिहीबार क्वालिफायर टु खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार