तिहार र छठमा विशेष आकर्षण : बिराटनगरका उपभोक्ताहरुको रोजाइमा 'जीवन विकास'को मिठाइ पसल

Jasus Khabar 1+ समाचार ( )
१८ कार्तिक २०८१


बिराटनगरमा छोटो समयमै लोकप्रिय बनेको 'जीवन विकास' मिठाइ पसलले तिहार र छठ पर्वलाई लक्षित गरी बिशेष मिठाइहरूको निर्माण गरेका कारण उपभोक्ताहरुको आकर्षणको केन्द्रमा परेको छ। बिराटनगरका तीनवटा स्थानहरू — ट्राफिक चोक, जैन भवन अगाडि, र तीन पानी चोकमा रहेका जीवन विकासका मिठाइ पसलमा तिहारको समयदेखि नै ग्राहकको भीड लाग्न थालेको छ।

उपभोक्ताहरूको भनाइ अनुसार, जीवन विकासका मिठाइहरूको स्वाद अन्य मिठाइ पसलहरूसँग तुलना गर्दा उत्कृष्ट रहेको छ। विशेषगरी तिहार र छठ पर्वका लागि तयार पारिएका गुलाब जामुन, खुवा कलाकन्द, रसभरी, पेडा, र काजु कतलि अत्यधिक मात्रामा बिक्री भइरहेको छ। "जीवन विकासको मिठाइले पारिवारिक भेटघाट र उत्सवका अवसरलाई अझै मिठो बनाएको छ," एक उपभोक्ताले भने।

पवित्र पर्वहरूको उमंगमा मिठाइको मिठास थप्न जीवन विकासले शुद्ध घिउमा बनेका परिकार प्रस्तुत गर्दै उपभोक्ताहरूको मन जित्न सफल भएको छ। ग्राहकहरूको यो विश्वास र आकर्षणले जीवन विकासको मिठाइ उद्योगमा दरिलो स्थान बनाइदिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार