रामेछापको रजगाउँमा करेन्ट लागेर एक युवकको मृत्यु

Jasus Khabar 3925+ समाचार ( )
७ वैशाख २०८२

रामेछाप, ७ वैशाख । रामेछापको खाँडोदेवी गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

शनिबार साँझ खाँडादेवी गाउँपालिका–४ को रजगाउँस्थित तामाकोशीको बगरमा टिपरमा बालुवा लोड गर्ने क्रममा करेन्ट लाग्दा रामेछापकै लिखु तामाकोशी गाउँपालिका–५ का अन्दाजी २२ वर्षीय मणिराज तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता विश्वनाथ यादवका अनुसार करेन्ट लागेर तामाङको घटनास्थलमा नै ज्यान गएको थियो ।

‘टिपरमा बालुवा लोड गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो, मृतकको शव पोस्टमार्टम लागि मन्थली अस्पतालमा राखिएको छ’, यादवले भने ।

प्रतिक्रिया