नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा अब एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । शुक्रबार मोरङको विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ओलीले सर्वोच्च अदालतले कांग्रेस नेतृत्वको सरकार ढाल्ने दाबी गर्दै त्यसपछि एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन् । >
पत्रकारहरुले कोशीको सत्ता राजनीतिमा अबको निकास के हो ? भन्ने प्रश्नको जवाफ दिँदै ओलीले भने ‘एमालेको सरकार बन्छ । एमालेको सरकार चल्छ । एमालेले मजाले चलाउँछ ।’ सरकार चलाउन त ४७ पुर्याउनु पर्ला नि भन्ने अर्को प्रश्नमा अध्यक्ष ओलीले भने, ‘४७ होइन, ५० भन्दा माथि जान्छ ।’>
कोशीमा हाल गठबन्धन दलसँग ४७ सांसद रहेका छन् । तर सभामुख नहुँदा उपसभामुखले सभा सञ्चालन गर्नुपर्नेअवस्था रहेको छ । उपसभामुख नेकपा एमालेबाट निर्वाचत सांसद भएको हुँदा कोशीमा गठबन्धनलाई सरकार चलाउन सहज छैन ।>
गत सोमबार प्रदेश सभाबाट उद्धव थापाले विश्वासको मत लिने दिन उपसभामुख काठमाडौं हिडेपछि भएको विवाद अहिले सर्वोच्च अदालतमा पुगेको छ>>