कोशीमा पानीको बहाव घट्न थालेको छ। वर्षाका कारण पानीको स्तर उच्च भए पनि अब वर्षात् रोकिएसँगै बिस्तारै बहाव घटिरहेको छ।
>
>
आज बिहान ६ बजेको तथ्यांकअनुसार कोशी ब्यारेज कन्ट्रोल रुममा ६ लाख ६१ हजार ५ क्यूसेक पानी मापन गरिएको थियो, जुन पानीको बहावको इतिहासमा दोस्रो उच्च विन्दु हो। तर, क्रमशः बिहान ७ बजे ६ लाख ५५ हजार ५ क्यूसेक र ८ बजे ६ लाख ४३ हजार ६७५ क्यूसेक मापन गरिएको छ। पछिल्लो मापनअनुसार कोशीमा ६ लाख २८ हजार १ सय क्यूसेक पानी रहेको छ।>
>
प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार, माथिल्लो तटीय क्षेत्रमा वर्षा रोकिएकोले पानीको सतह घट्न थालेको हो।>
>>