बलिङ र ब्याटिङमा कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शन , नेपालले गरे युएई ए विरूद्ध जित हासिल

Jasus Khabar 1+ समाचार ( )
३ श्रावण २०८०

कुशल भुर्तेलले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले युएई ए विरूद्ध जित हासिल गरेको छ । एसीसी इमर्जिङ एसिया कपमा आफ्नो अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको हो ।

नेपाललाई जिताउन कुशल भुर्तेलले शानदार प्रदर्शन गरे । उनले बलिङमा ६ विकेट लिए भने आक्रामक ब्याटिङ गर्दै ७१ रन बनाए । श्रीलंकामा जारी खेलमा नेपालले २३ ओभरमा ६ विकेट गुमाएर १५८ रनको सामान्य लक्ष्य पुरा गरेको हो । नेपालका लागि भुर्तेलले सवार्धिक ७१ रनको योगदान दिए । त्यस्तै देव खनाल र सन्दीप जोराले समान २४/ २४ रन बनाए । यस्तै गुल्शन झाले ११ रन बनाए । कप्तान रोहित पौडेल ९ रन बनाएर आउट भए । त्यस्तै पवन सरार्फ  शून्य रनमा आउट भए भने कुशल मल्लले अविजित  २ रन र प्रतिश जिसिले ८ रन बनाए । बलिङतर्फ युएईका मोहमद फराजुद्धिनले २७ रन दिएर ५ विकेट लिए । मोहम्मद जगदुलाले ४९ दिएर २ विकेट लिए ।

नेपालको बलिङतर्फ पार्ट टाइम बलर कुशलले अविश्वसनीय बलिङ गर्दै १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिएका थिए । स्पिनर मौसम ढकालले ९ ओभर बलिङ गर्दा ४४ रनको खर्चमा २ विकेट लिए । कुशल मल्ल र पवन सरार्फले एकएक विकेट लिए ।

प्रतिक्रिया