गाडेकाे अवस्थामा बालककाे शव फेला, आमा र साैतेला बाबु पक्राउ

Jasus Khabar 3958+ समाचार ( )
१६ वैशाख २०८२

बाँकेकाे बैजनाथ गाउँपालिका- ४, नउलापुरमा करिब दश वर्षकाे बालककाे शव फेला परेकाे छ ।

खेतमा गाडेकाे अवस्थामा बालक कुशल बुढाकाे शव फेला परेकाे हाे । बालक काेहलपुरमा डेरा गरी बस्ने यशाेदा बुढाकाे छाेरा भएकाे पुष्टि भएकाे छ ।

काेहलपुर माविमा कक्षा ३ मा पढ्ने कुशल ८ गतेदेखि हराएकाे भन्दै आमा यशाेधाले ९ गते इलाका प्रहरी कार्यालय, काेहलपुरमा निवेदन दिएकी थिइन् ।

कुशलकाे शवलाई सानाे खाल्टाे खनेर गाडिएकाे थियाे । बाख्रा चराउन गएका मान्छेले मान्छेकाे खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी गएर शव निकालेकाे थियाे ।

शवभन्दा केही पर परालले छाेपेकाे अवस्था साइकल र कुशलकाे टिसर्ट गाडिएकाे थियाे ।

प्रहरीका अनुसार, कुशलका बुबाकाे केही वर्ष पहिला नै मृत्यु भएकाे थियाे । आमाले निरकनाथ याेगीसँग दाेस्राे विवाह गरेकी छन् । काेहलपुरमा डेरा गरी सबैसँगै बस्थे ।

प्रहरीले घटनाकाे बारेमा अनुसन्धान भइरहेकाे जनाउँदै अनुसन्धानका लागि आमा र साैतेनी बुबालाई नियन्त्रणमा लिएकाे छ ।

बालककाे शव नेपालगञ्जस्थित भेरी अस्पतालमा राखिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार