स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ७०० ले घटेको छ ।>
मंगलबार प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँ मा कारोबार भएको पहेँलो धातु एक लाख ८८ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।>
चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर एक हजार ९६५ रुपैयाँ कायम भएको छ । मङ्गलबार पनि सोही परिमाणको चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।>
अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । रासस>>