टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलमा प्रतिबन्ध लगाएको छ । पालिकाले आजदेखि लागु हुनेगरी त्यस्तो व्यवस्था गरेको हो ।>
नगर प्रमुख रामलाल थारुले दुई महिनाअघिदेखि पालिकालाई प्लाष्टिकमुक्त क्षेत्र बनाउने अभियानमा आफू जुटेको जनाउँदै प्लाष्टिकजन्य वस्तुको प्रयोग हुन नदिन स्थानीय राजनीतिक दल, व्यापारी, उद्योग वाणिज्य सङ्घका पदाधिकारी र सङ्घ संस्था, पत्रकार र समाजसेवीलाई आग्रह गरेका छन् ।>
नगरपालिकाको निर्णयविपरीत प्लाष्टिकका झोला बिक्रेतालाई प्रथम पटक एक रुपैयाँ हजार, दोस्रो पटक तीन हजार रुपैयाँ र तेस्रो पटक पाँच हजार रुपैयाँ जरिवाना हुने उनले बताए ।>
त्यसैगरी, प्लाष्टिकका झोला प्रयोग गर्नेलाई पहिलोपटक १० रुपैयाँ, दोस्रो पटक ५० रुपैयाँ र तेस्रो पटक १०० रुपैयाँ जरिवाना लिइनेछ । प्लाष्टिकको झोला उत्पादन गर्नेलाई पहिलो पटक दुई हजार रुपैयाँ, दोस्रो पटक चार हजार र तेस्रो पटक छ हजार रुपैयाँ जरिवाना हुनेछ ।>
नगरपालिकालाई प्लाष्टिकमुक्त गर्ने निर्णय कठोर भएर कार्यान्वयन गर्ने प्रतिबद्धता नगरप्रमुख चौधरीले व्यक्त गरेका छन् । पालिकाले स्थानीय राजपत्रमा २०८० साल चैत २५ गते यससम्बन्धी सूचना प्रकाशन गरेर प्लाष्टिकको प्रयोग नगर्न अनुरोध गर्दै आएको छ ।>>