नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको चलाखीसामू आफूहरुको केही नचलेको स्वीकारोक्ति गर्नुभएको छ ।
>
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि अघिल्लो गठबन्धनमा रहेका सबै दलका नेताहरु ओलीको चालमा नराम्रोसँग फस्न पुगेपछि अप्रत्यासित घटना हुन पुगेको निश्कर्ष नेपालले सुनाउनु भएको छ ।
>
‘जसरी एमाले अध्यक्षले चाल चले, त्यसलाई कसैले पत्तो नै पाएन, समयमै विचार नगर्दा अप्रत्याशित घटना भएर गठबन्धन भंग हुन पुग्यो,’ आजबाट सुरु भएको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालको भनाई उधृत गर्दै एक नेताले भने, ‘गठबन्धनमा रहेका हामी सबै उपयुक्त निर्णय लिन सकेनौं, हाम्रो कमजोरीमा टेकेर उपयुक्त कदम चाल्दै केपी ओलीले खेल उल्टाइ दिए ।’ उहाँले मुलुकमा घटेको अप्रत्यासित घटनासँगै पार्टीमा नयाँ किसिमको चुनौति देखा परेको पनि बताउनु भयो ।>
अध्यक्ष नेपालले २०७४ सालमा वामपन्थीलाई दिएको जनमतको पनि सदुपयोग गर्न नसकिएको भन्दै अब कसरी जाने भन्नेबारेमा बैठकले ठोस निर्णय गर्नुपर्ने प्रस्ताव पनि राख्नुभएको छ । नेपालले यसअघि ओलीको चाल आफूहरुले पत्तै पाउन नसकेको बताउनु भएको थियो ।
>>