एकिकृत पावर सेयरिङ गर्दै मोरङमा माओवादी : कतै गोप्य बैठक , कतै पार्टी प्रवेश

Jasus Khabar 1+ समाचार ( )
पछिल्लो २ महिना देखी माओवादी पार्टीका विभिन्न नेताहरुको एकिकृत छलफलले कैयन ठाँउमा गोप्य बैठकहरु बस्दै आएको छ ...
१७ पौष २०८०

मोरङलाई राजनिति रुपमा पोलिटिकल पावर प्राक्टिसको रुपमा इपिसेन्टर समेत मानिन्छ । प्रायजस्तो केन्द्रमा जस्को सरकार रहदै आयो , बढीमा उनकै राजनितक दलले मोरङलाई हरेक तवरमा डोर्याउदै गएको देखिन्छ । 

   स्थानीय चुनाव देखी प्रदेश हुँदै केन्द्र तहको चुनावमा इल्क्ट्रोरल पिपल मुभमेन्ट गराउन पनि एक दलका नेता कार्यकर्ताहरुलाई फरक दलमा प्रवेश गराइन्छ । अर्थात सरल भाषामा पार्टी प्रवेश गराउदै आएको प्राक्टिसमा देख्न सकिन्छ । तर यो पार्टी प्रवेश जति फेक हुन्छन् चुनावी माहोलको बखत , त्यति नै रियल हुन्छन् अन्य समयमा । 

    नेकपा माओवादी पार्टी मोरङमै हेर्ने हो भने , पावर सेयरिङमा पोलिट ब्यूरो सदस्य शिवकुमार मण्डल , केन्द्रिय सदस्य गोपि आछामि,भोगेन्द्र यादब, जिवन आचार्य , अमनलाल मोदि , गिता तिम्सीना,  समर काफ्ले लगायतका केन्द्रिय सदस्यहरु एक पछि अर्को तिगड्म लगाइ रहे । 

पछिल्लो समय मोरङमा माओवादी पार्टीले आफ्नो गतिविधि तिव्र रुपमा बढाएको स्पस्ट देखिन्छ । पछिल्लो २ महिना देखी माओवादी पार्टीका विभिन्न नेताहरुको एकिकृत छलफलले कैयन ठाँउमा गोप्य बैठकहरु बस्दै आएको छ । एक केन्द्रिय सदस्यले लायभ न्यूजलाई भने , बैठकको एउटै उद्देश्य रहेको थियो भव्य रुपमा पार्टी प्रवेश कार्यक्रमलाई सफल बनाउने । 

श्रोतको अनुसार पटक पटकको बैठकले सुरजले यो कार्यक्रमलाई नेतृत्व गर्ने  सल्लाह अनुसार निर्णय भएको थियो । सुरज अर्थात पोलिट ब्यूरो सदस्य शिवकुमार मण्डल ।  

सुरजकै नेतृत्वमै बसेको एक बैठकले पौष १४ गते बिराटनगरको रंगी होटलमा  मधेश केन्द्रित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्यसहित विभिन्न पार्टीबाट १९८ व्यक्तिहरु नेकपा माओवादी पार्टी केन्द्रमा प्रवेश गराउने भएको थियो र यो अभियानको इन्चार्ज थिए  , पूर्व मन्त्री दुर्गा प्रसाद चापागाई । 

सोहि अनुसार पौष १४ गते , नेकपा माओवादी केन्द्र , बिराटनगर महानगर समितिका अध्यक्ष नविण पौडेलले पार्टी प्रवेश कार्यक्रमको आयोजना गरे ।  

१४ गते रंगि होटलमा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य प्राध्यापक डाक्टर महादेव भगत, जनता समाजवादी पार्टीका पूर्व केन्द्रीय सदस्य सत्यनारायण साह, कामेश्वर रौनियार, युवराज साहलगायतका नेताहरु आइपुगेका थिए । 

यता , नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव चक्रपाणि खनाल(बलदेव) ,पोलिट ब्यूरो सदस्य सुरज अर्थात शिवकुमार मण्डल , माओवादी कोशी प्रदेशका अध्यक्ष हर्क नेम्वाङ मिक्सा , महानगर कमिटीका अध्यक्ष नविन पौडेल लगायतका नेताहरु पनि आइपुगेका थिए । 

करिब १ बजे सुरु भएको कार्यक्रममा मधेश केन्द्रित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्यसहित विभिन्न पार्टीबाट २०० जनाभन्दा बढी व्यक्तिहरु शनिबार (नेकपा माओवादी पार्टी केन्द्र) मा प्रवेश गरेका छन् ।

विराटनगरमा आयोजना गरिएको वृहद पार्टी प्रवेश कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य प्राध्यापक डाक्टर महादेव भगत, जनता समाजवादी पार्टीका पूर्व केन्द्रीय सदस्य सत्यनारायण साह, कामेश्वर रौनियार, युवराज साहलगायत २०० जनाभन्दा धेरै व्यक्तिहरु पार्टी प्रवेश गरेका थिए । लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेपाली काँग्रेस, नेकपा एमालेलगायत परित्याग गरी माओवादीमा प्रवेश गरेको महानगर कमिटीका अध्यक्ष नविन पौडेलले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव चक्रपाणि खनाल(बलदेव)ले नवआगन्तुकहरुलाई टीका र माला लगाएर पार्टी प्रवेश गराए । पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता बलदेवले सर्वहारा किसान, मजदुर, मधेशी, मुस्लिम र आदिवासी जनजातिको पक्षमा माओवादीले सधैं आफूलाई उभ्याउँदै आएको भन्दै माओवादीको अस्तित्व रहेसम्म त्यो मुद्दा नछोड्ने बताए । उनले जनतासँग माओवादी विशेष रुपान्तरण कार्यक्रम सञ्चालन गर्ने क्रममा जनताका बीचमा पुग्दा अहिले पनि माओवादीसँगै जनताले आशा गरिरहेकोले जनताको पक्षमा खरो उत्रिनु पर्ने बताए ।

सरकारको नेतृत्व गरेको माओवादी पार्टीले सुशासान र विकासलाई अहिले विशेष जोड दिइरहेको भन्दै उनले भ्रष्टाचारविरुद्धको अभियानमा भने सत्ता साझेदार काँग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबाट उचित सहयोग नपाएको बताए । यद्यपि सुशासनको पक्षमा अहिले पनि सरकारले देखिने गरी काम गरिरहेको बताए । नेता खनालले माओवादी पार्टी मधेशी जनताको सम्मान र अधिकारका लागि विगतदेखि नै लड्दै आएको र अंगिकृत नागरिकका सन्तानलाई नागरिकता दिलाउने कार्यमा पनि उतिकै लडेको स्मरण गराए ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवकुमार मण्डलले जनताको हितमा माओवादी जहिल्यै दृढतापूर्वक उभिएको बताए । उनले मधेश र मधेशी जनताको पक्षमा माओवादीले जति योगदान अरुले नगरेको र गर्न पनि नसक्ने बताए ।

यस्तै माओवादी कोशी प्रदेशका अध्यक्ष हर्क नेम्वाङ मिक्सोले माओवादी आन्दोलनले व्यवस्था परिर्वतन गरेको र अव देशको आर्थिक अवस्थामा परिवर्तन ल्याउन सक्रिय रहेकोले सबैले साथ दिनुपर्ने बताए । व्यवस्था नै परिवर्तन गर्ने साहस बोकेको माओवादी समर्थक र विरोधी सबैको मनमा बसेको भन्दै विरोधीले पनि दिनमा एक पटक माओवादी नसम्झि रहन नसक्ने अवस्था आन्दोलनकै कारण बन्न पुगेको बताए ।

नवप्रवेशी महादेव भगतले सरकारले जनताको हितमा सोच्नु पर्ने भन्दै माओवादी नेतृत्वमा सरकार बन्दा हरेक पटक जनहितमा निर्णयहरु भएकोले अब माओवादीमै आवद्ध भएर योगदान गर्ने निश्कर्षमा पुगेको बताए । २०६३ सालमा नागरिकताविहीन मधशी जनतालाई नागरिकता दिनेदेखि पछिल्लो समय नागरिक अभिभावकका अनागरिक सन्तानलाई नागरिक बनाउने कार्यमा माओवादीले गरेको योगदान मधेशी जनताले कहिल्यै नबिर्सने उनले बताए । माओवादीले आम श्रमिक, किसान र पछाडि पारेका समुदायको पक्षमा सधैं आवाज उठाइरहेकोले पनि जीवनको अधिकांश समय मधेशवादको पक्षमा लागे पनि सबै छोडेर माओवादीमा आवद्ध भएको उनले बताए । यस्तै नेता सत्यनारायण साहले माओवादीको नीति, विचारसँगै नेताहरुको व्यवहार र अधिकारको आन्दोलनप्रतिको प्रतिबद्धताले आफूलाई आकर्षित गरेको बताए ।

माओवादी केन्द्र विराटनगर महानगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा महानगर इन्चार्ज दुर्गाप्रसाद चापागाई सचिनले स्वागत गरेका थिए ।


प्रतिक्रिया