चितुवाको आक्रमणबाट बर्दियामा ६ वर्षीया बालिकाको मृत्यु

Jasus Khabar 3959+ समाचार ( )
१५ जेठ २०८२

चितुवाको आक्रमणले गुलरिया नगरपालिका–५ बालापुरकी ६ वर्षीया सायरा थारुको मृत्यु भएको छ। 

बुधबार बिहान ८:४५ बजे घर नजिकै शौचालयबाट फर्किने क्रममा चितुवाले आक्रमण गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी चक्रबहादुर डमलपालले बताए।

यसअघि पनि यो क्षेत्रमा चितुवाको आक्रमणले एक बालिकाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए। चितुवाको आतंक नियन्त्रण गर्न सम्बन्धित निकाय असफल भएकोमा स्थानीयले दुख व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार