सुनसर - कोशी गाउँपालिकाबाट ७ वर्षीया वालिकाको अपहरण भएको छ ।>
कोशी गाउँपालिका वडा नं ७, मुसहरी टोलमा बस्ने कुशेश्वर सदाको ७ वर्षीया छोरी इशु सदाको अपहरण भएको हो ।>
हिजो (बुधवार) दिउँसो १ः४० बजे इशु घर अगाडि खेल्दै गर्दा अपरिचित व्यक्तिले सिटी सफारीमा अपहरण गरेर लगेको थियो।>
वालिका अपहरणमा परेको हल्ला भए लगतै वडा नं ७ का वडाध्यक्षले प्रहरी चौकी हरिपुरलाई खबर गरेका थिए । सूचना प्राप्त हुने साथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो। टोलीले इशुको घरमा पुगेर सोधपुछ गर्दा, अपहरण गर्ने व्यक्तिको बारेमा कसैलाई थाहा नभएको पाइएको थियो।>
तत्काल जिल्ला प्रहरी कार्यालय सुनसरीले सिसिटिभी फुटेजको विश्लेषण गरेर र स्थानीय व्यक्तिहरूसँग सोधपुछ गर्दा अपहरण गर्ने व्यक्तिको पहिचान भएको र अपहरण गर्ने व्यक्तिको नाम ३० वर्षीया जितेन्द्र साह (हलुवाई) रहेको खुलेको प्रहरीले जनाएको छ।>
सप्तरीको कन्चनरुप नगरपालिका वडा नं १२ धरमपुरका निवासी जितेन्द्र साह भारतमा बसोबास गर्दै आएको खुल्नमा आएको प्रहरीले जनाएको छ ।>
यस घटनाको थप अनुसन्धानको लागि डिएसपी तथा सुनसरी प्रहरीका प्रवक्ता योगराज खतिवडाको नेतृत्वमा ९ सदस्यीय टोली गठन गरिएको छ ।>
टोलीले प्रदेश प्रहरी कार्यालय विराटनगरको सहयोगमा भारतका काउन्टरपार्ट्ससँग समन्वय गर्दै बालिकाको खोजतलास कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ >>