फिफा महिला विश्वकपमा मोरोक्कोको दक्षिण कोरियाविरुद्ध ऐतिहासिक सहज जित

Jasus Khabar 1+ समाचार ( )
१४ श्रावण २०८०

फिफा महिला विश्वकपमा मोरोक्को दक्षिण कोरियाविरुद्ध १–० को ऐतिहासिक जित निकालेको छ ।

आज समूह ‘एच’अन्तर्गत अस्ट्रेलियाको हिन्डमार्स रंगशालामा भएको खेलमा मोरोक्कोलाई जित दिलाउन इबाटिसाम जराइदीले निर्णायक गोल गरिन् । फिफा महिला विश्वकपको इतिहासमा मोरोक्कोले निकालेको यो पहिलो जित हो ।

जितसँगै दुई खेलबाट तीन अंक जोडेको मोरोक्को तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । मोरोक्कोले प्रतियोगिताको अन्तिम–१६ मा पुग्ने सम्भावनालाई कायम राखेको छ । मोरोक्को यसअघि पहिलो खेलमा भने इंग्ल्यान्डसँग ६–० ले पराजित भएको थियो ।

मोरोक्कोसँगको हारले फिफा वरीयताको १७औं स्थानमा रहेको दक्षिण कोरिया भने विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । तालिकाको पुछारमा रहेको दक्षिण कोरियाले दुई खेल खेल्दा पनि अंक जोड्न सकेको छैन ।

दक्षिण कोरिया यसअघि पहिलो खेलमा कोलम्बियासँग २–० ले पराजित भएको थियो । अब दक्षिण कोरियाले अन्तिम खेलमा जर्मनीसँग बिहीबार खेल्नेछ ।




 

प्रतिक्रिया