सानिमा बैंकले आफ्ना शेयरधनीहरूलाई आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ७.३६८५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएको छ।>
बैंकको २०८२ असोज ३ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।>
बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँ रहेको छ।>
बैंकले कुल १ अर्ब ७ लाख ५४ हजार ७०० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने जनाएको छ।>
बैंकको यो लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको आगामी साधारण सभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीहरूलाई वितरण गरिनेछ।>
हाल सानिमा बैंकको देशका सातै प्रदेशमा १३४ वटा शाखा कार्यालय र १२७ वटा एटीएम सञ्चालनमा छन्।>>