पत्रकार र यूवा राजनितिकर्मी बिच विराटनगरमा विशेष बैठक : धार्मिक एकता कायम गर्न अपिल

Jasus Khabar 1+ समाचार ( )
८ अशोज २०८०

बिराटनगरमा आज बसेको यूवा राजनितिकर्मी र पत्रकार बिचको बैठकले नेपालमा धार्मीक एकता सदभाव कायम गर्न आ-आफ्नो क्षेत्रबाट पहल गर्ने निर्णय भएको पत्रकार बिरेन्द्र साहले बताएका छन् । विराटनगरको बिच बजारमा रहेको मश्जिद र हनुमान मन्दिर प्राङगनमा बैठक बसेको हो । बैठकमा मुस्लिम मुक्ती मोर्चा , मोरङ जिल्ला सचिव मोहम्मद रेहान , लाइभ न्यजू रफतारका पत्रकार सोनुकुमार दास , जनता समाजवादि पार्टीका कोशी प्रदेश सचिव अनिल ठाकुर , हिपमत पत्रकार बिरेन्द्र कुमार साह , जसपाका जिल्ला सदस्य राकेश रोशन यादब , मकालु टेलिभिजनका पत्रकार सुनिल यादब , युवा राजनितिक्रमी कमलेश्वर ठाकुर , समाजसेवी रुस्तम अलिको सहभागिता रहेको थियो ।

उक्त बैठकमा पत्रकार सोनुकुमारले भने , राष्ट्र र राष्ट्रियताका लागी नेपालमा युवाहरु एक हुनुपर्ने बताए । यस्तै , नेता अनिल ठाकुरले भने , नेपालमा परापूर्व काल देखी नै शान्तिको देशको रुपमा परिचित रहेकाले सबै धर्म जात जाती मिलेर तथा एकताकोेरुपमा संग संगै अगाडि बढ्नु पर्ने बताए । 

यता , पत्रकार बिरेन्द्र र सुनिलले भने , पत्रकारीताको प्रयासले सबै पत्रकारहरु धार्मिक आस्थालाई खलल नपार्ने गरि सहि र सत्य समाचार लेख्नुपर्नेमा जोड दिए । यस्तै युवा नेताले राकेशले भने , अहिलेको परिस्थितमा राजनितिकर्मीहरुले भड्कावपूर्ण अभिव्यक्तीहरु नदिन आग्रह गरे ।    

प्रतिक्रिया