सशस्त्रमा दुई डिआइजीको पदावधि थप, गिरीलाई कार्यमा सरुवा

Jasus Khabar 3945+ समाचार ( )
१० आषाढ २०८२

सरकारले दुई जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी)को पदावधि थप गरेको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा सशस्त्रका डिआईजी कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने निर्णय गरेको हो। डिआईजी धौवजीको आगामी असोज २४ गतेसम्म र न्यौपानेको आगामी माघ २९ गतेसम्म उमेर र सेवा अवधि दुवै ननाघ्ने गरी पदावधि थप गरिएको हो।

साथै सशस्त्र प्रहरी बल, नेपालका डिआईजी कमल गिरीलाई कार्यविभागमा सरुवा गरेको छ। डिआईजी गणेश ठाडा मगर एआइजीमा बढुवा भएपछि गिरीलाई कार्यविभागमा सरुवा गरिएको हो। गिरी एआइजीका प्रतिस्पर्धी भए पनि ठाडामगरले उछिनेपछि उनको सरुवा कार्यविभागमा गरिएको हो।

प्रतिक्रिया