पक्राउ परेका बम्जनको घरबाट तीन करोडभन्दा बढि नगद बरामद

Jasus Khabar 1+ समाचार ( )
२५ पौष २०८०

लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेर मंगलबार काठमाडौंबाट पक्राउ परेका तपस्वी रामबहादुर बम्जनको घरबाट तीन करोड तीन लाख ७५ हजार रुपैया बरामद गरेको छ ।

बरामद नगद ५ सय र १ हजार दरका छन् । सिआइबीले करिब ३ सय डलर विदेशी रुपैयाँ पनि बरामद गरेको छ । बरामद विदेशी रुपैयाँ चिन र इन्डोनेसिया लगायत मुलुकका छन् ।उनको घरबाट १५ वटा मोबाइल, तीन वटा ल्यापटप र ३५ वटा पेन ड्राइभ र केही विदेशी मुद्रासमेत बरामद भएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले जनाएको छ ।

बम्जनलाई सिआइबीले हिजो बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको थियो । बम्जनको आश्रमबाट आनीसहित चार जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनको खोजी गरिरहेको थियो ।


प्रतिक्रिया