गाडीले किचेर एकजनाको मृत्यु

Jasus Khabar 3925+ समाचार ( )
४ श्रावण २०८२

दाङको देउखुरीमा गाडीले किचेर आइतबार बिहान एकजनाको मृत्यु भएको छ ।

लमही नगरपालिका–५ सुनखोलीका २१ वर्षीय राजेशकुमार बानियाँको गाडीले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।

आफ्नै घर अगाडि रोकिराखिएको लु३च ४८१४ नम्बरको पिकअप बोलेरोको टायरमा राखिएको टेको हटाउने क्रममा गाडी ‘ब्याक’ हुँदै गुडेर किचेपछि बानियाँ गम्भीर घाइते भएका थिए ।

उनलाई तत्काल लमही अस्पताल लगिए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया