धनगढीमा प्रहरी जवान झुण्डिएको अवस्थामा मृत भेटिए

Jasus Khabar 1+ समाचार ( )
२२ चैत्र २०८०

धनगढीमा एक जना प्रहरी जवान मृत भेटिएका छन् । दार्चुलाको शैल्यशिखर-९ घर भई जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत सुरुज विक धनगढी उपमहानगरपालिका-७ स्थित मनेहरा सामुदायिक वनमा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीका अनुसार बिक बुधार साँझ जामुनको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा उनी बझाङबाट बिदा लिएर धनगढी आएको खुलेको प्रहरी निरीक्षक कार्कीले बताए । बिकको  परिवार धनगढीमा बस्दै आएको थियो ।


प्रतिक्रिया