प्रधानमन्त्री कप : पुलिसको लगातार दोस्रो जित

Jasus Khabar 1+ समाचार ( )
२ माघ २०८०

प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ ।

आज मंगलबार पुलिसले कोशी प्रदेशलाई ७ विकेटको फराकिलो अन्तरले हरायो । जितका लागि पाएको १६७ रनको लक्ष्य पुलिसले २३.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । पुलिसलाई जिताउन अर्जुन साउदले ६२ रन र दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए ।

चौथो विकेटका लागि नट आउट ७३ रनको साझोदारी गरेका उनीहरु दुवै नट आउट रहे ।त्रिवि क्रिकेट मैदानमा यसअघि पहिला ब्याटिङ गरेको कोशीले सुजन थपलियाको शतक मद्दतमा १६९ रन बनाएको थियो ।

७ रन हुँदा २ विकेट गुमाएको स्थितिमा चौथो नम्बरमा ब्याटिङमा आएका उनले एक छेउबाट कोशीको इनिङ सम्हाल्दै १०५ रन बनाएका थिए ।उनले आठौं विकेटका लागि अभ्यास तिम्सिनासँग ९९ रनको साझेदारी गरे । अभ्यासले २३ रन बनाए ।




प्रतिक्रिया