कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने : प्रधानमन्त्री

Jasus Khabar 1+ समाचार ( )
४ वैशाख २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने बताएका छन् ।

प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनसहित अधिकार सम्पन्न बनाएर सदाचार प्रत्याभूति गर्ने अवस्था सिर्जना गरिने प्रतिवद्धतासमेत जनाएका छन् ।‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अगाडि बढाउन सरकार प्रतिवद्ध छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो सरकारको प्रमुख प्राथमिकता नै सुशासन, सामाजिक न्याय र समृद्धि हो ।’

प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने सरकारको नीतिलाई व्यवहारमा रूपान्तरण गर्न तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज, सञ्चार जगत, आम नागरिक सबैको साथ आवश्यक रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार