नेपाली बजारमा बिहीबार सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य तोलामा १ सय रूपैयाँले बढेर १ लाख ६० हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ।
>
>
यस्तै, चाँदीको मूल्य पनि आज वृद्धि भएको छ। चाँदीको मूल्य तोलामा १५ रूपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।>>