आईपीएल फाइनल भागदौड घटना: रोयल च्यालेन्जर्स बेंगलुरुका मार्केटिङ प्रमुखसहित ३ जना पक्राउ

Jasus Khabar 3959+ समाचार ( )
२४ जेठ २०८२

रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)का मार्केटिङ प्रमुख निखिल सोसले पक्राउ परेका छन्। जुन ४ मा बेंगलुरुमा भएको भागदौड घटनामा प्रहरीले उनलाई पक्राउ गरेको हो। यसअघि कर्नाटकका मुख्यमन्त्री सिद्धारमैयाले बेंगलुरु भागदौडका विषयमा प्रहरीले जिम्मेवार रहेको बताएका थिए। त्यसपछि प्रहरी अधिकारीहरूलाई निलम्बन गरिएको थियो।

भारतीय सञ्चार माध्यमका अनुसार निखिल मुम्बई भाग्ने प्रयासमा थिए र एयरपोर्ट पुग्नेबित्तिकै प्रहरीले उनलाई समातेको हो। अहिले निखिलसँग सोधपुछ भइरहेको भारतीय प्रहरीले जनाएको छ। आरसीबीको जितपछि आयोजित विजय जुलुसअघि भएको भागदौड हुँदा ११ जनाको ज्यान गएको थियो। धेरै जना घाइते भएका थिए। निखिल बाहेक प्रहरीले थप तीन जनालाई पनि हिरासतमा लिएको छ र उनीहरूलाई पनि सोधपुछ गरिरहेको छ।

कार्यक्रम आयोजना गर्दा नियमको उल्लंघन, सुरक्षा मापदण्डको पालना तथा सम्बन्धित निकायबाट अनुमति लिए नलिएको बारेमा अनुसन्धान गरिरहेको छ।  यो गिरफ्तारी घटनासँग सम्बन्धित एउटा ठूलो कदमको रूपमा हेरिएको र आगामी दिनमा यससँग सम्बन्धित थप खुलासा हुने अपेक्षा गरिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

प्रतिक्रिया