धरानमा झुण्डिएको अवस्थामा युवाको शव फेला

Jasus Khabar 3925+ समाचार ( )
१८ वैशाख २०८२

अजमल अन्सारी

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–११ पशुपति चौकस्थित डेरामा एक युवक झुण्डिएको अवस्थामा फेला परेका छन् ।


मोरङको लेटाङ नगरपालिका–६ घर भई हाल धरानमा बसोबास गर्दै आएका २० वर्षीय प्रदिप तामाङ आफ्नै कोठामा सिलिङ फ्यानमा प्लास्टिकको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका हुन् ।


उनलाई उक्त अवस्थामा देखेकी आमाले तत्काल पासो काटी उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा क्याम्प पुर्याइएको थियो । तर राति सावा ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।


हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया