सिरहामा पेस्तोल र गोलीसहित दुईजना पक्राउ

Jasus Khabar 1+ समाचार ( )
१४ श्रावण २०८०


सिरहामा पेस्तोल र गोलीसहित दुईजना पक्राउ परेका छन् ।

सुखीपुर नगरपालिका–४, गोडिअर्वाबाट ‘होममेड सेमिअटोमेटिक’ पेस्तोल एकथान र त्यसमा लाग्ने पाँच राउन्ड गोलीसहित दुईजनालाई  प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सिरहाकै औरही गाउँपालिका–२, बननियामा बस्दै आएका २४ वर्षीय कम्रुदिन राइन र १८ वर्षीय एक किशोर रहेका छन् ।

बीआर ३२एएम ३७७८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा त्यसमा सवार उनीहरूलाई उक्त हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया