रघुवीरको दाबी- ओली र भण्डारीमा कुनै अन्तर्विरोध छैन

Jasus Khabar 3925+ समाचार ( )
२२ आषाढ २०८२

नेकपा (एमाले) का सचिव रघुवीर महासेठले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच कुनै अन्तर्विरोध नभएको दाबी गरेका छन् ।

आइतबार जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै महासेठले ओली र भण्डारीबीच अन्तर्विरोध बढेको भन्दै मिडियाले अनावश्यक हल्ला चलाएको बताए । 'दिनहुँ मिडियामा जुन कित्ताकाटको समाचार आइरहेको छ, त्यसमा कुनै पनि सत्यता छैन । अध्यक्ष र पूर्वराष्ट्रपतिबीच कुनै अन्तर्विरोध छैन,’ उनले भने ।

भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा भनेको चलेको उनले बताए । तर, भण्डारी एमालेमा सक्रिय हुँदा ओलीकै सहमति र प्रस्तावमा आउने उनको तर्क छ । संविधानले बन्देज नलगाएकाले राजनीतिमा आउने या नआउने भन्ने विषय भण्डारीको व्यक्तिगत भएको उनको भनाइ छ ।

प्रतिक्रिया