काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले मर्यादित भएर फेरि टिकटक चलाउने पाइने अपेक्षा गरेका छन् । उनले टिकटक बन्द गरिनु उचित निर्णय नभएकाे उल्लेख गर्दै नियमन जरुरी रहेकाे बताएका छन् । >
टिकटबाट आफू र आफ्ना शुभचिन्तकले समेत हैरानी खेपेको उल्लेख गर्दै बालेनले भनेका छन्, ‘तर यो भन्दैमा अहिले जस्तो टिकटकलाई बन्दै गर्नु पर्छ भन्ने हैन।’
>
अब टिकटकलाई करको दायरमा ल्याउने र त्यसमार्फत् सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्र विकास गर्नुपर्ने बालेनको भनाइ छ। ‘अहिले जस्तो बन्द नै गर्ने होइन। बन्द समाधान होइन,
>
अब यो बन्दलाई टिकटकसङ नियमन गर्नलाई दह्रो आधार बनोस्। मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस्,’ बालेनले लेखेका छन्। >
>>