उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीको नियत खराब छ : महामन्त्री गगनकुमार थापा

Jasus Khabar 1+ समाचार ( )
७ फाल्गुन २०८०

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्ने प्रक्रियामा नागरिकलाई झुक्याउने काम गरेको आरोप लगाएका छन् ।

सरकारले केही दिनभित्रै राजनीतिक भागबन्डाको आधारमा नै उपकुलपति नियुक्ति गर्ने तयारी गरिरहेको तर खुला प्रतिस्पर्धा भनेर जनतालाई झुक्याउने काम गरेको बताएका हुन् ।  उपकुलपति नियुक्ति प्रक्रियामा प्रधानमन्त्रीको नियत नै ठीक नभएको थापाको जिकिर छ । प्रधानमन्त्री दाहाललाई खुला प्रतिस्पर्धाबाट नै उपकुलपति चयन गरेको छु भन्ने सोचेर सबैलाई झुक्याएको जस्तो लागेपनि आफैँ झुक्किरहेको उनले बताए ।

अहिले खुला प्रतिस्पर्धा भनिए पनि नियत भागबन्डाकै राखिएको थापाले टिप्पणी गरेका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार